अछाम समाचारदाता
मङ्गलसेन, जेठ ११ गते । विद्यालयमा आधारित दिवा खाजालाई प्रभावकारी बनाउने उपाय सिकाइका लागि अछाम जिल्लाका जनप्रतिनिधि र कर्मचारीको टोली पूर्वी रुकुम पुगेको छ । स्थानीय उत्पादित खाद्यान्नमा आधारित दिवा खाजाको निरन्तरता र असल अभ्यास सिकाइका लागि स्थानीय तहका प्रमुख, शिक्षा र कृषि शाखामा कार्यरत कर्मचारीको टोली पूर्वी रुकुम पुगेको हो ।
दिवा खाजालाई पूर्ण रूपमा स्थानीय उत्पादनमा आधारित बनाउन र बालबालिकाको पोषण तथा स्थानीय उत्पादन वृद्धि गर्ने सिप सिकाइका लागि अछामको टोली रुकुमको भुमे गाउँपालिका पुगेको हो ।
“यहाँको उत्पादनलाई गाउँपालिकाका विद्यालयमा राम्रो उपयोग गरिएको रहेछ । त्यसको अभ्यासलाई अनुसरण गर्न भुमे आएका छौँ,” भ्रमणमा रहेका मङ्गलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले भन्नुभयो ।
भ्रमण टोलीमा मङ्गलसेन, साँफेबगर, कमलबजार नगरपालिकाका प्रमुख र ढकारी, बान्नीगढी जयगढ, मेल्लेख, चौरपाटी गाउँपालिकाका अध्यक्ष, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, अछामका १० वटै स्थानीय तहका शिक्षा र कृषि शाखा प्रमुख छन् ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी