ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूर पहाडी जिल्लाका मुक्त हलियाले उपचार नपाउँदा घरमै सिकिस्त

    सुदूर पहाडी जिल्लाका मुक्त हलियाले उपचार नपाउँदा घरमै सिकिस्त
    Spread the love

    धनगढीः सुदूर पहाडी जिल्लाका मुक्त हलिया परिवार गरिबीका कारण कष्टकर जीवन बाँच्न बाध्य छन्।

    जीवनको उत्तराद्र्धसम्म अर्काको खेतबारीमा हलो–कोदालो गरेका मुक्त हलियामध्ये अधिकांश औषधि उपचार गर्न नसक्दा घरैमै थला परेका छन्। गरिबीका कारण रोग, भोग र ऋणको भारले विशेष गरी दलित समुदायका परिवार सबैभन्दा बढी समस्यामा परेका हुन्।

    रोग र भोकले थला परेका डोटीको शिखर नगरपालिका–१० का मुक्त हलिया गगने भूल घरमा भित्र–बाहिर गर्न नसक्ने अवस्थामा पुगेका छन्। चरम गरिबीका कारण उनले आफ्नो उपचार गर्न समेत सकेका छैनन्। २५ वर्ष अर्काको खेतबारीमा जोतिँदा–जोतिँदै उनका दायाँ हात र खुट्टा नचल्ने भएका छन्। त्यस्तै सोही वडाकै दिमे भोजको १५ महिनादेखि दायाँ शरीर नचल्ने भएको छ।

    ४० वर्ष हलिया जीवन बाँचेका भोजलाई रोगी ज्यान पाल्न मुश्किल भइरहेको हो। सो बस्तीमा घरघरै दीर्घरोगी र बिरामी छन्। तर गरिबीका कारण मुक्त हलिया समुदाय स्थानीय स्वास्थ्यचौकीभन्दा परको अस्पतालमा जान सक्ने अवस्थामा छैनन्। स्थानीय सरकार नगर अस्पताल बनाउने योजनामा रहे पनि बजेट अभाव भएको शिखर नगरपालिका डोटीका प्रमुख दीर्घबहादुर बलायरले बताए।

    आर्थिक रुपमा विपन्नहरुलाई एम्बुलेन्समा छुट सुविधा दिने काम भइरहेको उनले बताए। फोहोर व्यवस्थापन नहुँदा पनि बिरामी हुने समस्या बढेको वनलेक स्वास्थ्य चौकी डोटीकी स्वास्थ्यकर्मी यशोदा भाटले बताइन्। सेती नदी नजिकै पर्ने बस्तीका अधिकांश बासिन्दा अति विपन्न छन्। उनीहरु रोग र भोकसँग ऋणको भारले समेत थिचिएका छन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी