ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • भूकम्पपछि बझाङका बासिन्दाको खुला चौरमै बास

    भूकम्पपछि बझाङका बासिन्दाको खुला चौरमै बास
    Spread the love

    भूकम्पपछि बझाङका बासिन्दाले खुला चौरमै बास बसेका छन्। बझाङ बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका हुन्। पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका छन्।

    केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ। उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो।

    उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ। बझाङमा मंगलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

    यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन्। भूकम्पमा परि बझाङमा १३ जना र बैतडीमा दुई जना घाइते भएका छन्। बझाङमा घाइते भएका १३ जनामध्ये २ जनाको उपचार भइरहेको अरु प्राथमिक उपचारपछि घर फर्किएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

    बझाङको चैनपुर आसपास केन्द्र बनाएर गएको भूकम्पले बझाङसहित बाजुरा, बैतडी, डोटी, डडेलधुरा, दार्चुलालगायत जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी