ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलालीमा उपभोक्ताबाट उठाएको रकम ७ वर्षपछि खातामा जम्मा

    कैलालीमा उपभोक्ताबाट उठाएको रकम ७ वर्षपछि खातामा जम्मा

    Share

     कैलालीको खुरखुरीया सिँचाइ आयोजलाई एक लाख २६ हजार रकम हस्तान्तरण गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा रहेको खुरखुरीया सिँचाई आयोजनाका लागि उपभोक्ताबाट उठाएको रकम समितिलाई हस्तान्तरण गरिएको हो। वडासदस्य बलराम सापकोटाले उपभोक्ताबाट उठाएको एक लाख २६ हजार सात सयको चेक आइतवार सिँचाई समितिलाई हस्तान्तरण गरेका हुन्।

    खुरखुरीया सिँचाई नहर पुनः निर्माणका लागि उपभोक्ताबाट उप–समितिहरुले रकम संकलन गरेका थिए। तर उपसमितिहरुले उपभोक्ताबाट संकलन भएको रकम सात वर्षसम्म मुल समितिको खातामा जम्मा गरेका थिएनन्। लंगडी टोलको रकम आइतवार समितिको खातामा जम्मा भएको हो। सिमलपुर टोलको रकमसमेत समितिको खातामा जम्मा भएको दाबी गरिएको छ। सिसिरविक्रम चन्द सिमलपुर टोलको उपसमितिको अधयक्ष रहेका थिए। उनलाई अहिले खुरखुरीया सिँचाइको अध्यक्ष चयन गरिएको छ।

    खुरखुरीमा सिँचाइका लागि २०४८ सालमा पक्की बाँध निर्माण थालिएको थियो। तर निर्माण कम्पनीले काम गर्न सकेन। फेरि अर्काे निर्माण कम्पनिले २०५६ सालमा निर्माण थालिएको कुलोको बाँध २०५८ मा सकियो। २०५९ सालबाट नहरमा पानी बग्न थालेको थियो। किसानले खेत–खेतमा सिँचाइ सुविधा पाए। किसानले २०६९ असोजसम्म नदीको पानीले खेती सिँचाई गरे।

    तर २०६९ असोजमा आएको बाढीले कुलाको बाँध बगायो। किसानलाई सिँचाइको समस्या सुरु भयो। क्षमता भएका किसानले मोटर जडान गरे, डिप बोरिङ्ग गाडे। तर आर्थिक क्षमता नभएका किसानले अहिले पनि आकाशको पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। नगरपालिकाका खुरखुरिया, सुपारी आँप, सिमलपुर, राजिपुर लगायतका क्षेत्रका किसानले धान, गहुँ, तरकारी खेतीमा कुलोको पानी प्रयोग गर्दै आएका थिए। तर गौरीगंगा नदीको बाढीले कुलाको बाँध बगायो।

    किसानले १० वर्षदेखि कुलोको पानीले सिँचाई गर्न पाएका छैनन्। बाढीले बगाएको कुलो पुनः निर्माणका लागि किसानबाट रकमसमेत संकलन गरिएको छ। किसानबाट दुई लाख ८३ हजार बढी रकम संकलन भएको छ। तर ७÷८ वर्षदेखि संकलन भएको रकमको कुनै लेखाजोखा छैन्। राजनीतिक आडमा किसानको रकम पचाउने काम भएको छ। 

    बाढीले सिँचाइ कुलाको बाँध पूर्ण क्षति भएको छ। बाध पुनःनिर्माणका लागि ३० करोड बजेट आवश्यक पर्ने देखिएको छ। ९ किलोमिटर कुलाको नहर छ। कुलोको पानीले गौरीगंगा नगरपालिका वडा नम्बर ४ को ६ सय हेक्टर जमिन सिँचाइ गर्नेछ। तर बाँध पुनःनिर्माणको बाहनामा किसानबाट संकलन भएको रकमको लेखाजोखासमेत भएको छैन।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री