ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • आन्दोलनमा उत्रिएका शिक्षकको यातायात खर्च विद्यालयले दिने

    आन्दोलनमा उत्रिएका शिक्षकको यातायात खर्च विद्यालयले दिने

    Share

    विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।

    तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ । आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौं जाने-आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको जानकारी दिनुभयाे ।

    “काठमाडौं जानेआउने बस भाडा विद्यालयको कोषबाट दिने निर्णयमा पुगेका छौं,” अध्यक्ष नौपानेले थप्नुभयो, “दुई जनाको आठ-दश हजार खर्च होला त्यो पैसा विद्यालयको आन्तरिक कोषबाट दिने भएका छौं ।”

    शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ । सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउनका विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । शिक्षकहरुको प्रतिनिधिको रुपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री