गौमूल गाउँपालिकाको तुसारी गाड आगरमा स्टिल ट्रस्ट ब्रिज (पुल) बनेपछि स्थानीलाई आउजाउमा सहज भएको छ। पुस्ताैँदेखि यो गाडमा पुल नहुँदा स्थानीयवासी बर्खाको समयमा काठे पुलमा ज्यान जोखिम राखेर दैनिक आउजाउ गर्न बाध्य थिए। बर्खाको समय गाड तरेर नै यहाँका अधिकांश स्थानीय वल्लो पल्लो गाउँमा घर तथा वडापालिकामा जाने गर्दछन्। गाडमा पुल नहुँदा स्थानीयले बर्खाको समय खोला तरेर वा काठेपुल हालेर आउजाउ गर्ने गरेका थिए।
अहिले यो गाडमा पुल बनेपछि स्थानीयलाई आउजाउमा गर्न निकै सहज भएको तुसारी गाड आगर स्टिल ट्रस्ट ब्रिज पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम रोकायाले बताउनुभयो। उहाँले भन्नुभयो, “पुल नहुँदा ज्यान जोखिम राखेर काठेपुलमा गाड तर्नु परेको थियो।”
वडा नम्बर २ को धर्मदय आवि र जनज्योती माविमा पढ्ने अधिकांश बालबालिका विद्यालयमा आउँदा यो गाड तरेर नै आउने जाने गर्छन्। उनीहरूलाई बर्खाको समय गाड तरेर विद्यालयमा जान निकै समस्या हुँदै आएको थियो।
वडा नम्बर २ का वडाध्यक्ष देव रोकायाले गाउँपालिकाले विभिन्न निकायमा पहल गर्दै तुसारी गाडमा पुल निर्माण गरेको बताउनुभयो। गाउँपालिका, स्वाप नेपाल र समुदाय जनश्रमदान गरेर २९ लाख ९५ हजार ७३३ रुपियाँको लागतमा ३२ मिटर लामो पुल बनेको हो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी