बैतडीः बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको हो।
शरदीय नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज महासप्तमीका दिनदेखि जात्रा सुरु भएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए। महासप्तमीका दिन शुरु भएको जात्रा भोलि महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ।
आज श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिर राँगा लैजाने र भोलि बलिदिने चलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि दिँइदै आएको छ। महासप्तमीका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजाआजा गरेर फूलपाती भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी