ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बैतडीमा सवारी दुर्घटना, वडाअध्यक्ष र सचिव घाइते

    बैतडीमा सवारी दुर्घटना, वडाअध्यक्ष र सचिव घाइते
    Spread the love

     बैतडीमा सवारी दुर्घटनामा भएको छ। जिल्लाको दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो।

    दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको सुपप्र ०१ ००१ च २६६९ नम्बरको जिपले दशरथचन्द राजमार्गमा ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन्।

    वडा अध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको छ। घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। जिप र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी