बझाङमा एक फेन्सी पसलमा आइतवार आगलागी भएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका– १० स्थित चैनपुर बजारमा कैलास फेन्सी पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। जयपृथ्वी नगरपालिका–१ का डबलबहादुर खड्काले सञ्चालन गरेको कैलास फेन्सी पसलमा शनिवार राति साढे तीन बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको हो।
आगलागीबाट पसलभित्र रहेको अन्दाजी ५० लाख मूल्य बराबरको लुगाकपडा जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थानीयले देखेर पसल संन्चालक लाइ खबर गरेर पछि आगो नियन्त्रण लिएको थियो।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247