ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • बझाङमा जिप दुर्घटना, ६ जना घाइते

    बझाङमा जिप दुर्घटना, ६ जना घाइते
    Spread the love

    बझाङः बझाङमा जिप दुर्घटना भएको छ। जिल्लाको छविस पाथिभेरा गाउँपालिका–७ खोरी स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना भएको हो।

    भाडे बजारबाट बुडखोरी तर्फ जादैं गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज (शुक्रबार) बिहान बे्रक फेल भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिपमा ८ जना सवार थिए। ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा छबिसपाथिभेरा गापालिका–७ बड्खोरीका २५ वर्षीय इनार महत, ३० वर्षीय प्रकाश धामी, २५ वर्षीय अशोक धामी, १६ वर्षीय निरज धामी, १६ वर्षीय सन्तोष धामी, ३१ वर्षीय रामबहादुर धामी रहेका छन्। चालक बुडखोरीका ३० बर्षिय बिनोदबहादुर धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी