ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बझाङमा जंगली च्याउ खाएका सुदीप कठायतको पनि मृत्यु

    बझाङमा जंगली च्याउ खाएका सुदीप कठायतको पनि मृत्यु
    Spread the love

     बझाङमा जंगली च्याउ खाएका सुदीप कठायतको पनि मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायतको बिहीवार राति मृत्यु भएको प्रहरीले बताएको हो।

    जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए।

    आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन्। ७ वर्षीया एन्जिलाको पनि बिहीवार नै मृत्यु भइसकेको छ। आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी