ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • बाजुरामा दुई युवक कुट्ने अर्जुन पक्राउ, ७ जनामाथि किटानी

    बाजुरामा दुई युवक कुट्ने अर्जुन पक्राउ, ७ जनामाथि किटानी

    Share

    बाजुरामा दुई युवक कुट्ने अर्जुन रावतलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा खप्तडछेडेदह गाउँपालिका-७ का ४३ वर्षीय रावतलाई पक्राउ गरिएको बताए।

    उनकाअनुसार कुटपिटमा संलग्न भएको आरोपमा अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ। बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको हो। जिल्लाको बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

    खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिको दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको भिडियोसमेत सार्वजनिक भएको छ। डिएसपी बोहोराका अनुसार घाइते मध्ये नाथको टाउकोमा टाँका लागेको छ। उनीहरु धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री