फागुन १९, बाैनिया र
गत नालिमा हाेइन नाडिमा बगाउ भन्ने मुल उद्धेश्य का साथ शनिबार कैलालीको बाैनियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा भएको साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।
पछिल्लो समय लघुवित्त प्रति फैलिदै कुप्रचारकाे अन्त्य गर्दै लघुवित्त सामाजिक कार्यमा समेत सधैं सक्रिय रहने कुरा यस्ता कार्यक्रम ले पुष्टि गर्ने स्थानियकाे बुझाइ रहेको छ ।
कर्मचारी मञ्च बाैनिया का अध्यक्ष दुर्गा दत्त जाेशिकाे अध्यक्षतामा भएको कार्यक्रममा मञ्चमा आबद्ध सदस्य लगायत स्थानीय गरेर कुल २२ जनाले रक्तदान गरेको मञ्चका सदस्य पदम चाैलागाइले जानकारी दिनु भएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी