ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • बर्दगोरियामा अपांगता भएकालाई सहयोग सामाग्री हस्तान्तरण

    बर्दगोरियामा अपांगता भएकालाई सहयोग सामाग्री हस्तान्तरण

    Share

    कैलालीको बर्दागोरिया गाउँपालिकाका अपांगता भएकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ। 

    गाउँपालिकाको वडा नम्बर ६ को एक लाखको बजेटमा खरिद गरिएका ह्वील चियर, छडी, वाकरलगाएतका सामाग्री अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आइतवार बिहान २० जना अपांगता भएकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेका वडाध्यक्ष राकृष्ण डगौरा थारुले बताए। 

    उनले वडाका अपांगता भएका नागरिकलाई मात्र सहयोग सामाग्री वितरण गरिएको बताए। जागरण अपांग समाजको सहकार्यमा सहयोग सामाग्री वितरण गरिएको उनले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री