अविनाश चौधरी
धनगढी, फागुन २४ गते । कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ ।
शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ । हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । धनगढीबाट बेहडाबाबा मन्दिरसम्म सहज रूपमा आवातजावतका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक मर्मत गरिसकेको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी