ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बैतडीमा टिप्पर दुर्घटना

    बैतडीमा टिप्पर दुर्घटना
    Spread the love

    बैतडी: बैतडीमा टिप्पर दुर्घटना भएको छ। मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो। लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

    दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए। घाइतेहरुको उद्धार भइरहेको छ। दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी