ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • भादा महोत्सव सुरु, भौतिकमन्त्री देउवाले गरे उद्घाटन

    भादा महोत्सव सुरु, भौतिकमन्त्री देउवाले गरे उद्घाटन
    Spread the love

    एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री देउवाले थारु जातीको परम्परा संस्कृति खानपान, भेसभुसा, सिप कला, प्रकृति सम्पदाको संरक्षण गर्न महोत्सवले भूमिका खेल्ने बताए । स्वरोजगारमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

    उनले थारु होमस्टे भादा आन्तरिक र बाह्य पर्यटकलाई ल्याउन जोड दिनु पर्ने बताए ।मन्त्री देउवाले उनीहरूलाई भादामा बसाउने गरी व्यवस्था गर्न सके यस क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्त्वपूर्ण फाइदा पुग्ने बताए ।

    त्यसको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत मन्त्री देउवाले आश्वासन दिए ।

    कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले महोत्सवले थारु समुदायको मौलिक सांस्कृतिक पक्षलाई उजार गर्न ठूलो भूमिका खेल्ने बताए । उनले प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शन गर्न आउने र तालमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै भादाको विकासका लागि हातेमालो गरेर अघि बढ्ने समेत बताए ।

    लक्ष्मीनारायण चौधरी अध्यक्षतामा भएको कार्यक्रममा भौतिक मन्त्री देउवा, कृषि मन्त्री चौधरी सहित , उप सभामुख कोइलीदेवी चौधरी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना लगायतले महोत्सवले थारु संस्कृति र सम्पदाको संरक्षण गर्न भूमिका खेल्ने बताएका थिए ।

    २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको यो ११ औ संस्करणको हो ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी