ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने

    भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने
    Spread the love

    सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज १० बजेदेखि बन्द हुने भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आज (मंगलवार) बिहान १० देखि ४ बजेसम्म सडक बन्द हुने भएको हो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि आज ६ घण्टा यातायात बन्द  गरिने भएको हो।

    वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। साउन २२ गते रातिको वर्षापछिको पहिरोले राजमार्गमा पहिरो गएको थियो भने केही क्षेत्र भासिएको थियो। पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी