मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जय पृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गा थली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठुलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको सङ्ख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने काँग्रेस नेता महरले बताउनुभयो । महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गा थली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली काँग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै काँग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित रहेका थिए ।
त्यस्तै काँग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौँ माओवादी केन्द्र इन्चार्ज पदम जोशी, काँग्रेस नेता पुष्कल बहादुर बोहरा, नेकपा एसका नेता दीपक बहादुर बोहरा, काँग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीर बहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो।
नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी