ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • ने.बि .संघले टीकापुरमा खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिता गर्दै

    ने.बि .संघले टीकापुरमा  खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिता गर्दै
    Spread the love

    नेपाल विधार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीले खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा ने. वि. संघ सु.प.वि कृषि बिज्ञान संकाय एकाइले FWU KHASI CUP दोस्रो संस्करण फुटबल को आयोजना गर्ने भएको छ । “FWU KHASI CUP” अर्थात् FWU CUP हरेक वर्ष यसै समयमा आयोजना हुनेगरि तयार गरिएको event हो ।

    विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा सहभागिता, बहुआयामिक वृद्धि बिकास क्षमता पहिचान र अभिवृद्धि तथा दशैं को शुभकामना आदान प्रदान खेलको माध्यमबाट गर्ने उद्देश्यले ने.वि.संघ द्वारा यो प्रतियोगिता आयोजना गरिएको हो।

    उक्त खेल फिफाको नियम अनुसार र नक आउट चरणमा खेलाइने आयोजक टिम तथा नेपाल विधार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलाली का सचिव बसन्त बोहरा ले जानकारी दिनुभयो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी