ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन बिहानी, बिजय स्पोर्टस र नैना देवि क्लब बिजयी

    कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिन बिहानी, बिजय स्पोर्टस र नैना देवि क्लब बिजयी
    Spread the love

    सुुखड कैलाली,२९ बैशाख
    कैलालीको घोडाघोडी नगरपालिकामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिन आज तीन खेल सम्पन्न भएका छन । पहिलो खेल बिहान बिहानी युुवा क्लब बिजुुलीया र स्टार सिटी युुवा क्लब धनगढी बिच भएको थियो । जस्मा बिहानि युुवा क्लब २ गोल गर्दै बिजयी भयो । खेल सुुरु भएको १२ मिनेटमा बिहानी युुवा क्लबका दिपेन्द्र डगौराले १ गोल गरेका थिए । १९ औ मिनेटमा स्टार सिटी युुवा क्लबका तर्फबाट धर्म साउदले गोल फर्काएका थिए तर खेल सुुरु भएको ३५ मिनेटमा बिहानी युुवा क्लबका निलेश सिंले गोल गर्दै टिमलाई बिजयी गराउन सफल भए ।

    यसै गरि दोस्रो खेल बिजय स्पोर्टस धनगढी र मनकामना युुवा क्लब जुुगेडा बिच भएको थियो । जस्मा बिजय स्पोर्टस धनगढीले ३ गोल गर्दै मनकामना युुवा क्लबलाई हराएको थियो । खेल सुुरु भएको १ मिनेटमै बिजय स्पोर्टस क्लबका भरत टमटाले गोल गरे भने पुुन उनले नै दोस्रो र तेस्रो गोल गर्दै टिमलाई जिताउन सफल भए । मनकामना युुवा क्लबका तर्फबाट हरिश महरले १ गोल भने फर्काएका थिए ।
    आजै भएको तेस्रो खेलमा नैना देवि युुवा क्लब हसनपुुर युुवा क्लब लाई हराउदै बिजयी भएको छ । नैना देविले २ गोल गरेको थियो ।
    आज भएको पहिलो खेलमा निलेस सिं ठकुरी दोस्रोमा भरत टमटा र तेस्रो खेलमा आशान्त चौधरी म्यान अफ द म्याच भए ।

    तेस्रो खेलमा नैना देवी यूवा क्लव र हसनपुर यूवा क्लव बिच् भएको थियो नैना देवी यूवा क्लवका तर्फबाट जर्सी नं १६ का असन्त चौधरी ले ९ मिनेटमा गोल गरे र पुन : टीमका लागि जर्सी नं १० का असन्त चौधरी ले ४३ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाउन सफलभएका थिए भने हसनपुर यूवा क्लवका तर्फबाट कुनै पनि गोल हुन सकेन

    कैलालीमा पहिलो पटक जिल्ला लिग फुटबल प्रतियोगिता विजेताहरूको लागि पुरस्कारको पनि व्यवस्था गरिएको छ । ए डिभिजन लिगको विजेता क्लवले ७५ हजार र दोस्रो हुने क्लवले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

    आज हुने खेल तालिका

    लिग पोइन्ट टेबल

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247