ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • संशोधन गर्न बनेको विधेयक समितिमा

    संशोधन गर्न बनेको विधेयक समितिमा

    Share

    अविनाश चौधरी

    धनगढी, माघ १७ गते । सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।

    आज बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

    यसैबिच, सुदूरपश्चिम प्रदेशको लोगो संशोधन समितिले तयार पारेको प्रदेश लोगो संशोधनसम्बन्धी प्रतिवेदन प्रदेश सभामा टेबुल गरिएको छ । समितिका संयोजक पदमबहादुर शाहीले प्रतिवेदन टेबुल गर्नुभएको हो । समितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबार छलफल हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    हाल प्रयोगमा रहेको प्रदेश लोगोमा नेपालको नक्सा नरहेको र झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गर्न लागिएको हो । गत जेठ २८ गते बसेको प्रदेश सभा बैठकले लोगो संशोधनका लागि सात सदस्यीय लोगो संशोधन समिति गठन गरेको थियो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री