नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार ३६९ पिन्ट रगत वितरण गरेको छ।
केन्द्रले २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार ४६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार ३६९ पिन्ट रगत वितरण गरेको हो। बाँकी रगत मौज्दात रहेको बताइएको छ। यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ।
टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो। अघिल्लो वर्ष एक हजार ६९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ। अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ।
‘अस्पतालमा सेवा विस्तारसँगै रगतको माग बढ्दै गएको छ’, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका उपसभापति जगदीश्वर पण्डितले भने, ‘दुई हजार ३६९ पिन्ट रगत उपलब्ध गराउनु भनेको सामान्य कुरा होइन, रक्तसञ्चार केन्द्रलाई अझ भरपर्दो बनाउन जरुरी छ।’ उनले रेडसेल, डब्लुबिसी र प्लेटलेस छुट्याउने मेसिन आवश्यक भएकाले यसका लागि यस क्षेत्रका राजनीतिक दलका नेता र जनप्रतिनिधिले चासो देखाउन जरुरी रहेको बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी