ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन

    घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन

    Share

     नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन भएको छ । घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराको अध्ययन अनुसन्धान गर्दै आएका तीन जना चरा संरक्षणकर्मीले पुस्तक प्रकाशन गर्नुभएको हो ।

    चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरूलाल डङ्गौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा ‘घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू’ नामक पुस्तक प्रकाशन गर्नुभएको हो ।

    उक्त पुस्तकमा चराको विस्तृत जानकारी उल्लेख गरिएको छ । सन् २००३ विश्व रामसार साइडमा सूचीकृत घोडाघोडी तालमा हरेक वर्ष दुई पटक चरा गणना हुँदै आएको छ । जङ्गली धान, हरिहाँस र मगरगोही सूचक प्रजातिका रूपमा रहेको घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म ३९० प्रजातिका चरा रहेको बताइएको छ ।

    पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले विश्वमा नै लोप हुँदै गइरहेका चरा घोडाघोडीमा पाइने गरेका छन् । केही वर्षयता जनसङ्ख्या वृद्धिसँगै मानवीय गतिविधिका कारण पर्यावरणमा महìवपूर्ण मानिएका चरा सङ्कटमा पर्न थालेका छन् ।

    २०७८ सालमा प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरी संरक्षणको योजना बनाएर काम गर्न थालेको छ । वनस्पति, जलचर तथा थलचर प्राणीका लागि महìवपूर्ण घोडाघोडीमा धेरै प्रजातिका चराको बसोबास रहेको संरक्षणकर्मी चौधरी बताउनुहुन्छ ।

    पर्या पर्यटकीय हिसाबले घोडाघोडीको महìव बढ्दै गएको अवस्थामा घोडाघोडीमा पुग्ने जो कोही पर्यटकले चराका बारेमा विभिन्न जानकारी पाउन पुस्तकले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

    १५ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले पुस्तक विमोचन गर्नुभएकोे थियो ।

    पुस्तकले चराका बारेमा जान्न र घोडाघोडीलाई बुझ्न सहज हुने नगर प्रमुख रावतले बताउनुभयो । डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्छी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन भएको जनाइएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री