ई-घोडाघोडी खबर

१९ आश्विन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला

    अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला
    Spread the love

    दिपायल, असार १६ गते । डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको हो । शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म ङर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो । खाेजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247