कैलालीमा भन्सार छलीका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका २ ट्राफिक चौराहबाट भारतबाट भन्सार छली ल्याएका नौँ हजार मुल्य बराबरको चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइगएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी सामान नियन्त्रणमा लिएको हो।
यसैगरि, शुक्रबार राती धनगढी उप–महानगरपालिका–१९ थापाघाट स्थित भारतबाट भन्सार छलि गरी ल्याएका १० हजार मुल्य बराबरको चिनी, पास्ता ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी