ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कैलालीमा पानीचराको गणना

    कैलालीमा पानीचराको गणना
    Spread the love

    धनगढीः शनिबारबाट पानीचराको गणना सुरु भएको छ। सिमसार क्षेत्रका चराको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग पु¥याउन मध्य हिउँदमा गणना थालिएको हो।

    कैलालीको घोडाघोडीसँगै कञ्चनपुरको शुक्लाफाँटामा पनि गणना गरिनेछ। पानीचरा पाइने क्षेत्र छुट्याएर पन्छी संरक्षणमा क्रियाशील समूह, संस्थालाई गणनाको जिम्मेवारी दिइएको छ। जलपन्छीहरूको अध्ययन गरेर उत्साहपूर्वक फेस्टिभल जस्तै मनाउने गरिएको पानी चरा गणना कार्यक्रमका राष्ट्रिय संयोजक डाक्टर हेमसागर बरालले बताए।

    विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा गणना भइरहेको छ। गणनाको परिणामले चराको अवस्था पत्ता लगाउन, विवरण अद्यावधिक गर्न र समुदाय तथा सरोकारवालालाई संरक्षणसम्बन्धी नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास छ। चराको रङ, बनोट र आवाजसँग परिचित चराविज्ञ, नेचर गाइडले दूरबिन र वाइनाकुलरले गणना गर्छन्।

    सिमसार क्षेत्रको सङ्कुचन तथा विनाशले गर्दा त्यसमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा नेपालतिर कम आकर्षित भइरहेका छन्। उडान मार्गमा हुने अवरोध र खेतीमा रासायनिक मलको बढ्दो प्रयोगले पानीचरा जोखिममा हुँदा जलवायु परिवर्तनले समस्या थपेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी