ई-घोडाघोडी खबर

३० भाद्र २०८१, आईतवार

  • Mohrain Tours and Travels
  • कैलालीमा आँखा पाक्ने रोगको समस्या रहेका बेला गलफुलो पनि फैलियो

    कैलालीमा आँखा पाक्ने रोगको समस्या रहेका बेला गलफुलो पनि फैलियो
    Spread the love

    कैलालीमा आँखा पाक्ने रोगको समस्या रहेका बेला गलफुलो पनि फैलिएको छ। जिल्लाका बालबालिकामा गलफुलो (मम्प्स)को समस्याले आक्रान्त बनेको हो।

    पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको छ। आँखा पाक्ने भाइरलको प्रकोप बढेको बेला बालबालिकामा गलफुलोको समस्या पनि भयावह रूपमा देखा परिरहेको हो। यो समस्याले बालबालिकालाई हैरान बनाएको छ।
    गलफुलो भएपछि बालबच्चाले चार÷पाँच दिनसम्म खानेकुरा नै राम्ररी खान सक्दैनन्। सुरुमा दाँत दुख्यो भनेर दुखाई महसुस गरेको आफ्नो भाइको पछि ज्वरोसमेत आउने गरेको छ। गलफुलो समस्या बढी मात्रामा देखा पर्न थालेपछि निजी विद्यालयले निगरानी बढाएका छन्। गलफुलो भएका विद्यार्थीलाई सकेसम्म विद्यालय नआउन भन्ने गरेको शिक्षकहरूको भनाइ छ।

    स्वास्थ्यकर्मीका अनुसार गलफुलो भएमा ज्वरो आउने, थकान महसुस हुने, खान मन नलाग्ने र चपाउन नसक्ने, शरीर दुख्ने जस्ता लक्षण देखा पर्दछ। यसैगरी, गलफुलो समस्या भएमा एउटा वा दुवै गाला सुन्निने र दुख्ने गर्दछ।
    अहिले गलफुलोको समस्या अलि बढी नै देखा परिरहेको धनगढीमा कार्यरत वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले बताए।

    एक प्रकारको भाइरसबाट गलफुलो रोग लाग्ने गरेको जनाइएको छ। बिरामीमा देखिएको लक्षण अनुसार उपचार हुने गरेको डा. कायस्थले बताए। यो रोगले कहिलेकाहीँ जटिल समस्या पनि उत्पन्न गर्ने गरेको जनाइएको छ। यसले पुरुषको अण्डकोष र महिलाको डिम्बासयमा असर गर्ने गरेको जनाइएको छ। गलफुलो भएमा यदि पुरुषको अण्डकोष र महिलाको तल्लो पेट दुखेमा तुरुन्त उपचार गराउनु पर्ने डा. कायस्थ बताउछन्।

    यो रोग सबैजसो बालबालिकामा लाग्ने गरेको जनाइएको छ। तर, एकचोटी लागिसकेकालाई भने यसको सङ्क्रमण दोहोरो हुने सम्भावना निकै कम रहने गरेको डा. कायस्थको भनाइ छ।

    यसैगरी, बिरामीले प्रयोग गरेको सामान छुट्टै राख्ने र अरूले प्रयोग नगर्ने डा. कायस्थले उल्लेख गरेका छन्। हाँच्छ्युँ गर्दा, खोक्दा सिँगानको छिटामार्फत पनि गलफुलो रोग नजिकको व्यक्तिमा सर्ने जोखिम रहने गरेको जनाइएको छ।

    ई-घोडाघोडी खबर
    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247