

कैलालीका लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट एक ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका हुन्। खैरोहिरोइनसहित सोही स्थानका दुई जना विहिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिका–१ का २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक... विस्तृतमा
डडेल्धुरामा दुई वटा गाडीको ब्रेक फेल भएको छ। जिल्लाको क्रितिपुरमा दुई वटा गाडीको ब्रेक फेल भएको हो। डडेल्धुरा प्रहरीका अनुसार बिहिवार बिहान सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर डिलतिरको पिल्लरमा ठोक्किएको थियो। आज बिहान नै सोही स्थानमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको... विस्तृतमा
दार्चुलाको व्यास गाउँपालिका –१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८... विस्तृतमा
कैलालीको ग्रामीण क्षेत्रमा औषधीय गुण भएको महुवा सङ्कलनको चटारो चलेको छ। गहुँ भित्र्याउने काम सकिएपछि स्थानीयवासी जङ्गली महुवा सङ्कलनमा अग्रसर भएका हुन्। स्थानीय महुवा सङ्कलनका लागि बिहानै जङ्गल पस्ने गरेका छन्। महुवा सङ्कलनको सिजन सुरु भएदेखि वनमा महुवा बटुल्नेको चहलपहल बढेको... विस्तृतमा
कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो । केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ... विस्तृतमा
बैतडीको सुर्नया गाउँपालिकाले पनि सार्वजनिक बिदामा सेवा दिने भएको छ। सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिने जनाएको हो। शनिबार बाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले... विस्तृतमा
धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङसमेत चोरी भएको छ। धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू चोरी भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। भन्सार देखि चौराह क्षेत्रका सडकमा लगाएका रेलिङहरू चोरी भइरहेको नगरपालिकाले जनाएको हो। आ–आफ्नो घर अगाडी त्यस्ता कार्य भइरहेकोे देखेमा... विस्तृतमा
कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागुऔषध खैरो हेरोईन ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाईका... विस्तृतमा
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको सो... विस्तृतमा
कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती... विस्तृतमा
दार्चुलाको व्यास गाउँपालिका –१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पाँच जना सम्पर्कविहीन भएका थिए । दार्चुलाको छाङरुमा... विस्तृतमा
भीमदत्त राजमार्गले सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्छ। राजमार्गको प्रवेशद्धवार गोदावरी नगरपालिकाको ‘भ्याँगुत्तेपानी’को सडक भासिएको छ। २०७७ को साउनमा भासिएको सडक अझै मर्मत भएको छैन। सडक भासिएकाले मर्मत गर्न सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्राविधिक अध्ययन गरेको थियो। तर अध्ययन सफल नभएपछि सडक... विस्तृतमा
सुचना तथा संचार मन्त्रालय
दर्ता नं. : 071/72/770
पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
कार्यालय प्रमुख : इन्दु के. सी.
प्राविधिक प्रमुख/सम्पादक : टेकु क्षेत्री
बजार व्यवस्थापक :
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी