ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • सेती अस्पतालको प्रमुखमा डा. कमर

    सेती अस्पतालको प्रमुखमा डा. कमर

    Share

    धनगढी — सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले सोमबार अस्पतालमै कार्यरत फिजिसियन डा. कमरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । यसअघि प्रमुख रहेका डा. हेमराज पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ ।

    सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल हो । पछिल्लो समयमा अस्पतालको सेवा लगालिंग भएको चौतर्फी गुनासोकाबीच मन्त्रालयले डा. कमरलाई प्रमुखको जिम्मेवारी दिएको हो । डा. कमरले आफूले अस्पालतबाट प्रदान गरिने सेवा सुधारका लागि प्रयत्नशील रहने बताए ।

    ‘प्रभावकारी समन्वय, अत्यावश्यक सेवामा अपुग चिकित्सक थप्ने, बिरामीले जानकारी नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न फोकल पर्सन तोक्नेलगायतका कामहरु जरुरी छन्,’ डा. कमरले भने, ‘अप्रेसन सेवालाई छरितो बनाउने, अल्ट्रासाउन्ड सेवा नपाइरहेको गुनासोलाई व्यवस्थापन गरे समस्या समाधान गर्न प्राथमिक कामहरु हुन् ।’
    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री