ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढ लाख राहत दिने, आज शोक विदा

    वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढ लाख राहत दिने, आज शोक विदा

    Share

    अछामः बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

    शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज (बिहीवार) शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए।

    उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ। शाहको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रवार मृत्यु भएको थियो।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री