ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जाँदै
    Spread the love

    नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ । सम्भवतः आजै प्रदेश सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

    उन्मुक्तिले एक मन्त्री र एक राज्यमन्त्री पाउने जनाइएको छ । आफ्नो पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाइरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो । 

    उहाँका अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी कृषि मन्त्री बन्दै हुनुहुन्छ । यसैगरी, कैलाश चौधरी कृषि राज्यमन्त्री बन्ने तय भएको छ । यसअघि, मन्त्री बन्ने दौडमा रहनुभएका सो पार्टीका लक्ष्मण किशोर चौधरी भने तत्कालको लागि पछाडि हट्नुभएको छ । 

    “हामीले दुई वटा मन्त्रालय माग गरिरहेका छौँ”, दलका नेता चौधरीले भन्नुभयो,“छलफल अझै जारी छ ।” उन्मुक्तिले थप अर्को मन्त्रालय पाएमा लक्ष्मण किशोर चौधरी पनि मन्त्री बन्ने जनाइएको छ । 

    मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण सम्भवतः आज दिउँसो २ बजेपछि हुने उहाँले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस नेतृत्वमा संयुक्त सरकार छ । जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छन् । काँग्रेसले दुई, माओवादीले दुई र नेकपा –एकीकृत समाजवादी) ले एक मन्त्रालय लिएका छन् । नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री पृथ्वीबहादुर सिंहको गएको महिना सडक दुर्घटनामा निधन भएपछि सो मन्त्रालय खाली छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी