भावना जोशी
अत्तरिया, पुस १९ गते । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ । पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेतहरू पनि टीकापुर आउनुहुने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिनुभयो ।
यसैगरी, चौधरीले भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने जानकारी दिनुभयो । चौधरीले भन्नुभयो, ‘‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ । साथै माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादव पनि आउँदै हुनुहुन्छ ।’’
संरक्षक चौधरीले भन्नुभयो, ‘‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सन्देश पठाउनुहुने छ । साथै सुदूरपश्चिमका मुख्यमन्त्रीज्यू आउनुहुन्छ ।’’
धनगढीमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै पार्टीका संरक्षक चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताउनुभयो । चौधरीले नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ । अधिवेशन तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने छ ।
टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ । चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गर्नु भएको थियो । पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी