ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति

    बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति
    Spread the love

    धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

    सो अस्पतालमा पत्थरीको अपरेसन बिग्रेपछि मिर्गौला झिकिएका कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका थिए ।

    सोमबार अबेर राति अस्पताल र मृतक पक्षबीच भएको छलफलमा क्षतिपूर्ति दिने सहमति भएको थियो । अस्पतालले क्षतिपूर्तिस्वरुप मृतकका छोरा ज्योतिप्रकाश चौधरीलाई पढाइ खर्च र छोरीको विवाह खर्च दिने भएपछि शव बुझेको मृतकका भतिजा राजकुमार चौधरीले जानकारी दिनुभयो ।

    मृतकका छोरा ज्योतिप्रकाश चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा यसै वर्षबाट एमबीबीएस अध्ययन गरिरहनूभएको छ । यसैगरी, घटनाबारे छानबिन गर्ने र चिकित्सकको लापरवाही पुष्टि भएमा दोषीमाथि कारबाही गर्ने सहमति भएको मृतकका भतिजाले बताउनुभयो ।

    भदौ ९ गते सो अस्पतालमा पत्थरीको सल्यक्रिया गरिएका ऐजनलालको सोमबार बिहान मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । बायाँ मिर्गौलामा रहेको पत्थरीको सल्यक्रियापछि उहाँको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो । रगत बग्नेक्रम नरोकिएपछि चिकित्सकले दोस्रो पटक सल्यक्रिया गरेर चौधरीको मिर्गौला झिक्नू भएको थियो । अस्पतालका चिकित्सक डा. जोनस तिवारीले बिरामी चौधरीको शल्यक्रिया गर्नुभएको थियो ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश जोशीले मृतकका परिवारलाई किरियाखर्च बापत २५ हजार रुपियाँ उपलब्ध गराएको बताउनुभयो । “उहाँहरुको माग एक करोड थियो । त्यसपछि आधा भन्ने थियो” जोशीले भन्नुभयो, “माग धेरै रहेकाले हामीले त्यति दिन नसक्ने भन्यौं । किरिया खर्च दिएका छौं ।” यस्तै, अस्पतालले आन्तरिक जाँचबुझ गर्ने तर चिकित्सकमाथि कारबाही गर्ने भनेर पीडित पक्षसँग सहमति नगरेको दाबी गर्नुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी