ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री

    डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री
    Spread the love

    जमुना न्युरे
    धनगढी –
    डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू–स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । ’पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा–२०८१ का साइकल यात्री बिहान खप्डतड क्षेत्रमा पुगेका हुन् । अमरगढी किल्लाबाट साइकल चढेरै उनीहरु डोटीको झिक्राना रुट हुदै ३ दिनमा खप्तड पुगेका हुन् ।
    सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यान्वन कार्यक्रमको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा.लि. गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु गरिएको हो । डडेलधुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा २३ गते बिहान १० बजे खप्तडको त्रिबेणी धाम पुगेको हो । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमेसन प्रा .लि काठमाडौका प्रमुख छिन्डुम मेनक्पा भोटेले साइकल यात्रीहरुलाई गाइड गरेका छन् । बिहान खप्तडको त्रिबेणी धाम पुगेका साइकल यात्रीहरुले आइतकार दिनभरी खप्तडका पाटनहरु र दहहरु घुम्ने कार्यक्रम रहेको छ भने सोमबार बिहान खप्तडबाट फर्किने छ ।
    अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ४० जना साइकल यात्रीहरु सहभागी छन् ।


    साइकलमा पहिलो पटक खप्तड त्रिबेणी धाम पुगेकोमा निकै उत्साह र खुसी लागेको डडेल्धुराका साइकल यात्री कमला बिष्टले बताइन् ।
    नेपाल सुदूरपश्चिम निकै सुन्दर र पर्या पर्यटन बिकासका लागि राम्रो वातावरण भएको भारतका साइकल यात्री रबिन्द्र सिंह ओब्रोइले बताए । उनले भने,’बाहिर जति बिकास नभएको प्रचार सुनिएको थियो । तर, सुदूरपश्चिमको बिकास भएको छ ।’ अझै यहाको पर्यटन बिकासको प्रचारप्रसार गर्नु पर्ने छ ।
    यस्ता कार्यक्रम हुदा पर्यटन प्रबर्द्धन हुने खप्तड होमस्टे झिङ्ग्रानाका सन्चालक दीपकबहादुर खडकाले बताए ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी