ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ

    दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ

    Share

     दार्चुलामा करणी आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्।

    जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडाअध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन्। गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए। आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन्।

    उक्त जाहेरीको आधारमा उनलाई बुधवार बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए। पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री