ई-घोडाघोडी खबर

१८ मंसिर २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार

    सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार
    Spread the love

    पुस्कर भण्डारी

    डडेल्धुरा, जेठ २४ गते । ३२ केभी विद्युत् लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । विद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।

    हिजो बेलुकीपख चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लामा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत्  आपूर्ति बन्द भएको बताइएको छ ।

    राति बिग्रेकाले कुन ठाउँमा लाइन बिग्रिएको पत्ता लगाउन नसकिएको नेपाल विद्युत्  प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि माथि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । सो क्षेत्र अत्तरिया ग्रिडको हो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी