घोडाघोडी (कैलाली), २८ असार
कैलालीको घोडाघोडी नगरपालिका स्थित डोडा नदिमा एक पुरुषको शव फेला परेको छ । घोडाघोडी नगरपालिका १ बेलारका ६० वर्षिय मान बहादुर धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख दिपेन्द्र सिंह पालले जानकारी दिए ।
पालका अनुसार यहि असार २६ गते आफन्तको घर जान भनी हिडेका धामी नदिले बगाएर बेपत्ता भएका थिए । बेपत्ता भएका धामीको खोजीका लागि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक दिर्घ बहादुर साउदको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान घोडाघोडी नगरपालिका १ सितानगर स्थित डोडा नदिको बिचमा रुखमा अड्किएको अवस्थामा धामीको शव फेला परेको पालले जानकारी दिए ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी