काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी अर्थात पवी साँकीलाईं नियुक्त गरेको छ ।
धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन् । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् ।
धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् ।
‘नेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसके ।’ उनले भनिन्, ‘पहिलो सिजनमा सबैको अपार माया, साथ, समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो । यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ । धनगढीले अझै राम्रो फुटबल पस्किदै दर्शकहरुलाईं मनोरञ्जित पार्ने विश्वास छ ।’
धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीले कात्तिक १० गते वीरगञ्ज यूनाइटेडसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी