बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको छ।
धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।
सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी