ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • धनगढीमा आज प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड हुँदै

    धनगढीमा आज प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड हुँदै
    Spread the love

    कैलाली ।कैलालीको धनगढीमा आज  थारु राष्ट्रिय म्युजिक अवार्ड हुँदै छ । थारु भाषा र संस्कृति संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड हुन लागेको हो ।

    अपराह्न ४ बजे देखी धनगढीस्थित सौराई पार्टी प्यालेसमा कार्यक्रम सुरु हुने जनाइएको छ ।
    दिउँसो ३ः३० बजे  धनगढी चौराहाबाट विभिन्न झाँकीसहित ¥यालि सौराइ पुग्ने आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

    ‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गर्दै छौँ’ चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेर्ने छ । ’उनले भव्य समारोहकाविच अवार्ड उद्घाटन गरिने जनाए ।

    यस अघि नै प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका मनोनयन सार्वजनिक गरिसकिएको छ ।  १२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ ।

    सर्वोत्कृष्ट मोडल पुरुषमा सहभागी १७ मध्य शीर्ष ५ जना छनौट गरिएको थियो भने सर्वोत्कृष्ट मोडल महिलाको सहभागी १६ मध्य शीर्ष ५ छनौट मनोनयन सार्वजनिक गरिएको छ ।

    प्रत्येक विधामा बढीमा पाँच जनासम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् ।   थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी