धनगढीः कैलालीको धनगढीमा एक घरबाट चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-४ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ। सपरिवार बुधवार पुजाका लागि डोटी गएका थिए। धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए।
चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए। सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी