कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
आइतबार साँझ धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा लागुऔषधसहित पक्राउ परेका हुन्।
१ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी