धनगढीमा भन्सार छलीका सामानसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका–३ पक्की कुवाबाट विशालनगरका २० वर्षीय हरीश बडाललाई भारतबाट भन्सार छलीगरी ल्याएका सामानसहित नियन्त्रणमा लिएको हो।
उनको साथबाट ८० हजार बराबरको सुर्ती, लेडिज कुर्तीहरु फेलापारी नियन्त्रणमा लिएको जनाएको छ। यसैगरि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले बुधवार धनगढीका अन्य २ स्थानबाट पनि भन्सार छलीका सामान बरामद गरेएको छ। धनगढी उप–महानगरपालिका ३ मिलनचोकमा भारतबाट भन्सार छलीगरी ल्याएका पानीपुरी, तिल, नमकिन, सोडा, चिनी लगायतका सामान बरामद गरेको छ।
७ हजार ५ सय मुल्य बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस्तै धनगढी उप–महानगरपालिका ३ बडरामा भारतबाट भन्सार छलीगरी ल्याएका प्लाष्टिक झिल्ली, फाईबर झिल्ली, चिनी, बिष्कुट, नरिवल लगायतका सामान प्रहरीले फेला पारेको छ। १० हजार मुल्य बराबरका सो सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी