ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • अपाङ्गता भएका नागरिकसँग छलफल

    अपाङ्गता भएका नागरिकसँग छलफल
    Spread the love

    सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यव्रmमहरू गर्न पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल सुरु गरेको छ ।

    प्रदेश सरकार गठनको छ वर्षपछि सुदूरपश्चिम सरकारले पहिलो पटक अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर अन्तरमन्त्रालयबिच छलफल चलाएको हो । समाजमा रहेका अपाङ्गता भएका व्यक्तिको हकहितका लागि छुट्टै नीति बनाएर लागु गर्न सक्ने प्रावधान रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा विभिन्न प्रकारका ७० हजार आठ जना अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख छ । अपाङ्गता भएका व्यक्तिले संविधानप्रदत्त हक अधिकारको कार्यान्वयन गरिदिन सरकारलाई आग्रह गरेको छ ।

    राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश अध्यक्ष मानबहादुर साउदले आफ्ना माग सम्बोधन गराउन धनगढीमा १० दिनसम्म आन्दोलन गर्नु परेको जानकारी दिनुभयो । सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उहाँले बताउनुभयो ।

    सो समितिका अध्यक्षसमेत रहनुभएका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले अपाङ्गता भएका व्यक्तिका जायज नीतिगत मागप्रति मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । “अपाङ्गताको सवालमा यसअघिका मन्त्रीहरू पनि सकारात्मक देखिनुहुन्थ्यो तर कर्मचारीहरूले विभिन्न बहानामा अल्झ्याउने गरेकाले यत्रो समय लागेको हो,” अपाङ्गता अधिकारकर्मी भीमबहादुर शाहले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी