Teku Chhetri
२६ श्रावण २०८१, शनिबार १५:३३ मा प्रकाशित
धनगढीः धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत डोटी क्षेत्रमा १४ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको छ।
नयाँ ठेक्काको काम सुरु भएसँग धनगढी–दीपायल द्रुतमार्गको ६१ किलोमिटर सडक कालोपत्रको काम थालिएको छ। पाँचवटा ठेक्का मार्फत दुर्तमार्ग कालोपत्रको काम थालिएको योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए।
धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ४२ करोड बजेट विनियोजन गरिएको छ। सङ्घीय सरकार मातहतको धनगढी–दीपायल द्रुतमार्ग निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरिएकोमा ४४ करोडको ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ। धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडकको लम्बाइ एक सय ८६ किलोमिटर छ।
धनगढी–स्याउले–हाटखोली १३ दशमलव चार किलोमिटर खण्ड कालोपत्रको काम भने सकिएको छ। कैलालीको हाटखोली क्षेत्रको साढे ६ किलोमिटर सडकमा ग्राभेलसम्मको काम भएको छ। डोटीमा ९ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो।
Like this:
Like Loading...
Related