ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • भूकम्प पीडितको चर्किएकै घरमा बास

    भूकम्प पीडितको चर्किएकै घरमा बास
    Spread the love

    बाजुरा : बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् ।

    गत असोज १३ गते गएको भूकम्पले घर चर्किएपछि त्रिपालको बास गर्दै आएको खप्तड छेडे दह गाउँपालिका – ५ डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा चिसो बढ्दै गएपछि बाहिर त्रिपाल मुनी बस्न नसकेपछि फेरि पुन चर्किएकै घरमा आएर बसोबास गर्न थालेको छु ।”

    भूकम्पले घर चिरा चिरा भयो । भत्किने डरमा बाहिर त्रिपालमा बसेको थिए । घर बासको व्यवस्थापन हुन्छ कि भनेर दुई महिना सम्म बाहिर बसियो । कतैबाट व्यवस्थापन नभएपछि अहिले फेरि चर्किएकै घरमा आएर बसेको सार्कीले बताउनुभयो ।

    भूकम्पबाट प्रभावितले घर बासको व्यवस्थापन खरिदिनका लागि जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी संस्था सँग माग राख्दै आएका छन् । बर्खामा त्रिपालको बास गर्दै आएका बाजुराका भूकम्प पीडितलाई हिउँदको चिसोमा कहाँ गएर बास बस्ने निकै चिन्ता छ ।

    बर्खा तातो हुने भएकोले,त्रिपालमै बसेर गुजारा चलायौ । अब हिउँद लाग्यो गाउँमा चिसो बढ्दै गयो । यो चिसोमा बाहिर त्रिपालमा छोरा छोरीलाई कसरी बसाल्ने भन्ने चिन्ता परेको बूढी गङ्गा –१० तिमाडाका नरु सार्कीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “असोज १३ गते आएको भूकम्पले घर भत्किएपछि बाहिर त्रिपाल हालेर बसोबास गर्दै आएकी छु । अहिले सम्म घर बासको कतैबाट व्यवस्थापन भएको छैन ।” गत वर्ष माघ १० गते आएको भूकम्पले चर्किएको घर असोज १३ गते गएको भूकम्पले भत्किएपछि अहिले घरबार विहीन भएको सार्की बताउनुभयो ।

    बाजुराका अधिकांश स्थानीयहरूको घर भूकम्पले भत्काएपछि उनीहरूलाई अहिले गाँस , बास र कपासको समस्या हुँदै गएको छ । भूकम्प पीडितलाई खान त के राम्रो सँग बस्नलाई समेत कतैबाट व्यवस्था भएको छैन ।

    जिल्ला स्थित केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले वितरण गरेको चामल, दाल , नुन तेल लगायतका केही खाद्यान्न सामाग्रीले उनीहरूलाई केही छाक टार्न सहज भए पनि हिउँदको चिसोमा त्रिपालमुनि कसरी रात काट्ने भन्ने चिन्ता लागेको भूकम्प पीडित बताउँछन् ।

    हिमाली , गौमुल , बडी मालिका , त्रिवेणी र बुढी गङ्गा लगायतका झन्डै सयौँ भन्दा बढी घरपरिवार यती बेला भूकम्पबाट निकै प्रभावित भएका छन् । स्थानीय प्रदेश र सङ्घीय सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अहिले सम्म सुरक्षित ठाउँमा बसाल्न नसकेको भूकम्प पीडितले गुनासो गर्दै आएका छन् ।

    तातो समय त्रिपालको बास गर्दै आएका पीडित घरपरिवारलाई हिउँदको चिसोमा कसरी दिन काट्ने  मनमा चिन्ता पसेको उनीहरू बताउँछन् । भूकम्पले बाजुराका १२६ पुर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

    भूकम्प पीडितलाई तत्काल खाद्यान्न त्रिपालको वितरण गर्नाका लागि  प्रदेश र सङ्घीय सरकारलाई रकम माग गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुरा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी