ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव

    सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव
    Spread the love

    धनगढीः पश्चिम नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव छ। देशभर क्रमशः चिसो बढ्दो क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार जोमोममा न्युनतम तापक्रम माइनस २.५ डिग्री थियो। काठमाडौंको न्युनतम तापक्रम शनिबार ११ डिग्री मापन भएको थियो।

    आज बिहान काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहेको थियो।

    चिसो बढेपनि हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

    रातिपनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा रातिपनि  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी