ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिमका युवालाई पासपोर्ट होइन, रोजगारी दिन्छौँ : मन्त्री साउद

    सुदूरपश्चिमका युवालाई पासपोर्ट होइन, रोजगारी दिन्छौँ : मन्त्री साउद
    Spread the love

    सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन्।

    आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। उनले अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवाहरुलाई प्राथमिकता दिने बताए।

    उनले भने, ‘हामी आगामी वर्षको बजेट ल्याउँदैछौं। त्यसमा हामी युवाहरूलाई पहिलो प्राथमिकतामा राख्छौं। युवाहरूलाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ।’

    यस्तै, उनले सुदूरपश्चिममा युवाहरूलाई राहदानी, पासपोर्ट होइन रोजगारी दिने वातावरण सिर्जना गर्ने बताए। सुदूरपश्चिमलाई समृद्ध बनाउने जिम्मेवारी युवा र राजनीतिकर्मीको काधमा रहेको उनको भनाइ थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी