ई-घोडाघोडी खबर

२६ कार्तिक २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुन्तला बिक्री नहुँदा किसान मर्कामा

    सुन्तला बिक्री नहुँदा किसान मर्कामा
    Spread the love

    सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि  बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सुन्तला  बिक्री गरेर घरखर्च जोहो गर्ने भनेको थिएँ । अहिलेसम्म  बिक्री नहुँदा मनमा चिन्ता पसेको छ ।” सुन्तला पाकेर बारीमा पहेँलपुर देखिए पनि त्यसमा कसैको मन नलोभिएको भन्दै उहाँले जुन खेती गरे पनि केही नहुने भयो भन्ने मनमा चिन्ता लाग्न थालेको बताउनुभयो ।

    उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती छ । अहिले  बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ । कृषि ज्ञान केन्द्रको पहलमा उपाध्यायले सुन्तला खेती गर्नुभएको हो ।

    उहाँले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती सुरु गर्नुभएको हो । गहुँ र धान फलाउने जमिनमा सुन्तला फलाएका उपाध्यायलाई बजारको समस्या देखिएको छ ।

    गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उहाँको छ ।

    यस जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताउनुभयो ।

    उहाँले गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्ताल खेती सुरु गर्नुभएको हो । गहुँ, धान फलाउने जमिनमा सुन्तला फलाएर पहेँलीपन गर्दै आएका पाध्यायलाई बजारको समस्या देखिएको छ ।

    गाउँमा कोल्ड स्टोरेजको व्यवस्था छैन् । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्ड स्टोरेजको व्यवस्था भइदिए सहज हुने अपेक्षा उहाँको छ ।

    यस जिल्लाको गौमूल गाउँपालिका, बडीमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँका उत्पादन गरेका सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्ताल किसान पारू रोकायाले बताउनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी